काभ्रे, १९ साउन । नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउन रु दुई करोडको अक्षयकोषको स्थापना गरिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको आयोजनामा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाको उपस्थितिमा आइतबार उक्त कोष स्थापना गरिएको हो । मन्त्री थापाले व्यक्तिगत रु ५५ हजार ५५५ प्रदान गर्ने घोषणा गरे । “रेडक्रसले विपद्मा धेरै काम गरेको छ, यसरी जिल्लामा…