सुनसरी, ८ साउन । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतवार हिजाेदेखि डेङ्गीका बिरामीलाई उपचार गर्न तत्काल ३० शय्या सञ्चालनमा ल्याएको छ । प्रतिष्ठानको ‘सेन्ट्रल इमर्जेन्सी’ र ‘डेङ्गी क्लिनिक’ले धान्न नसकेपछि छुट्टै डेङ्गी शय्या सञ्चालनमा ल्याएको प्रतिष्ठानका कायममुकायम उपकुलपति प्राडा प्रह्लाद कार्कीले जानकारी दिनुभयो । सय शय्या क्षमताको कोभिड–१९ अस्पताललाई तत्कालका लागि डेङ्गी अस्पतालको रुपमा परिवर्तन गरेको उहाँले…