स्वास्थ्य संस्थामा बिरामी नआएपछि घरघरमै उपचार

जाजरकाेट, २० जेठ । स्वास्थ्य संस्थामा उपचार गर्न नागरिकले आनाकानी गरेपछि जाजरकोट र डोल्पाका केही पालिकाले घरघरमा गएर उपचार सुरु गरेका छन् । बारेकोट गाउँपालिकाले कोरोना सङ्क्रमित खोज्न र कोरोनाबाट बच्न सचेतना जगाउँदै स्वास्थ्यकर्मीको टोलीसहित घरदैलोमा हिँडेको बताएको छ। सबै वडाका टोलटोलमा सङ्क्रमित खोज्न जनप्रतिनिधि र स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले जानकारी…