जनस्वास्थ्य कार्यालय सिटामोलको खोजीमा

गोरखा, १४ माघ । विगत लामो समयदेखि सिटामोललगायतका औषधिको अभाव झेलेका गोरखाका स्वास्थ्य संस्थामा जिल्ला जनस्वास्थ्य कार्यालयले औषधि पठाउन सुरु गरेको छ । गत साता पथलैया र बुटवलस्थित स्टोरबाट ल्याएकाऔषधि विभिन्न स्वास्थ्य चौकीको मागअनुसार पठाएको जनस्वास्थ्य प्रमुख केदारराज पराजुलीले जानकारी दिए । “सिटामोल, प्यारासिटामोल, मेट्रोनेटाजोल, एमोक्सोसिलिन, रेनिटिडिङ, सिप्रोप्रोसेलिङलगायत औषधि पथलैया र बुटवलस्थित स्टोरबाट जनस्वास्थ्यको स्टोरमा…