विराटनगर, २८ चैत । विराटनगर महानगरपालिकाले आउँदो वैशाख १ गतेदेखि सार्वजनिक स्थलमा धुमपान, खैनी, चुरोट, पानपराग, गुट्खालगायत सेवन गर्न निषेध गर्ने भएको छ । गत पुस २७ गते बसेको नगरसभाको निर्णयानुसार महानगर क्षेत्रभित्र धुमपानदेखि प्रेसर हर्न बजाउन निषेध (नो हर्न) गर्न लागिएको महानगरका प्रमुख नागेश कोइरालाले जानकारी दिए । ध्वनि प्रदूषण नियन्त्रण गर्ने महानगरको योजनाअन्तर्गत…