कोभिड विरुद्धको तीन मात्रा खोप लगाएकामा मृत्युदर उल्लेख्य मात्रामा कम

हङकङ, ९ चैत । कोभिड १९ का विरुद्धमा लगाइएको तीन मात्रा खोपका कारण कोभिडबाट हुने मृत्युमा उल्लेख्य मात्रामा कमी आएको देखिएको छ । हङकङमा गरिएको एक अध्ययनमा यस्तो अवस्था देखिएको समाचारमा जनाइएको छ । हङकङमा उपलब्ध भएका दुई प्रकारका कोभिड खोपमा यस्तो अवस्था देखिएको बताइएको हो । हङकङमा लगाइएका दुई प्रकारका खोपमा यो अनुसन्धान गरिएको थियो ।…