राक्सिराङमा फैलिएको भाइरल ज्वरो नियन्त्रण

काठमाडौँ, २४ माघ । मकवानपुरको राक्सिराङ गाउँपालिका ९ टर्लिङमा फैलिएको भाइरल ज्वरो नियन्त्रणमा आएको छ । स्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य अधिकृत नवदीप सिलवालका अनुसार ६ दिनअघिदेखि फैलिएको ज्वरो मंगलबारबाट नियन्त्रणमा आएको हो । दूषित पानीका कारण ज्वरो फैलिएको हुनसक्ने स्वास्थ्य कार्यालयको अनुमान छ । यकिन कारण पहिचान गर्न बिरामीहरूको नमूना हेटौँडा अस्पताल प्रयोगशालामा परीक्षण भइरहेको सिलवालले…