क्षयरोग केन्द्र ठिमीको निमित्त निर्देशकमा डा केसी नियुक्त

भक्तपुर, १९ असार । स्वास्थ्य मन्त्रालयले राष्ट्रिय क्षयरोग केन्द्र ठिमीको निमित्त निर्देशकमा केन्द्रीय कारागारका डा केदार नरसिंह केसीलाई नियुक्त गरिएको छ । उमेर हदका कारण केन्द्रका निर्देशक डा शरच्चन्द्र बर्मा गत शुक्रबारदेखि लागू हुनेगरी सेवा निवृत्त भएपछि मन्त्रालयले केसीलाई निमित्त निर्देशकमा नियुक्त गरेको हो । नियुक्त भएपछि उहाँ आज केन्द्रमा पद बहाली गर्नुभयो । केन्द्रमा…