काभ्रे, २३ भदौ । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित खानीखोला गाउँपालिकाबाट सुत्केरी हुन नसकेकी एक गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ । खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङका अनुसार १९ वर्षीया गर्भवती महिला आयुष्मा भ्लोनको हेलिकप्टरमार्फत उद्धार गरिएको हो । आषुष्मालाई शनिबार बिहान १० बजे बजेदेखि सुत्केरी व्यथा लागेपछि तालढुंगा स्वास्थ्य चौकीमा भर्ना गरिएको थियो । तर आइतबार बिहानसम्म…