सोलुखुम्बु, २१ चैत । सोलुखुम्बुको खुम्बु क्षेत्रमा एक अस्ट्रेलियाली नागरिकको मृत्यु भएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका–२ रात्माटेमा ६३ वर्षीय भ्यालेन्स फिलिप्स थोमसको सोमबार मृत्यु भएको पर्यटक प्रहरी कार्यालय लुक्लाले जनाएको छ । कार्यालयका इन्चार्ज प्रहरी नायब निरीक्षक पूर्ण दाहालका अनुसार आइतबार नै रामेछापको मन्थलीबाट लुक्ला विमानस्थल ओर्लिएका थोमस त्यहाँबाट सङ्खुवासभा जाने तयारीमा थिए ।…