सिरहा, ७ फागुन । सिरहामा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालयल मिर्चैयाबाट खटिएको प्रहरीले मिर्चैया नगरपालिका–४, कुथनुवा बस्ने १८ वर्षीय किशोरलाई शुक्रबार दिउँसो पक्राउ गरेको हो । किशोरले ती बालिकालाई सोही ठाउँस्थित बाँसघारीमा जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको…