काठमाडौँ, २९ पौष । हरियो पुच्छ्रेतारा पृथ्वीबाट आजदेखि सहजै देख्न सकिने भएको छ । हिमयुगमा देखिएको यो पुच्छ्रेतारा ५० हजार वर्षपछि पृथ्वीबाट हेर्न सकिने भएको हो । यो पुच्छ्रेतारा शुक्रबारदेखि माघको दोस्रो सातासम्म साँझ ७ बजेपछि नांगो आँखाले हेर्न सकिने खगोलविद्हरूले बताएका छन् । खगोलविद्हरूका अनुसार आजदेखि करिब एक महिनासम्म यो पुच्छ्रेतारालाई नेपालबाट हेर्न सकिनेछ…