प्रधानमन्त्रीको निर्देशनविदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ नगर्न

काठमाडौ १५ मंसिर । विदेशबाट फर्केका नेपालीले ल्याउने मोबाइलमा कडाइ गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्देशन दिएका छन् । सर्वसाधारणले विदेशबाट ल्याउने मोबाइलमा समेत कडाइ गर्न खोजिएकोप्रति तीव्र आलोचना भएपछि प्रधानमन्त्रीले सो निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले नेपाल प्रेसलाई जानकारी दिए । अनधिकृतरूपमा आयात हुने…