काठमाडौँ, १० मंसिर । तीव्र गतिमा सवारीसाधन चलाउने चालकले अब अनिवार्य रुपमा ट्राफिक सचेतना कक्षा लिनुपर्ने भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी आगामी मङ्सिर १५ गतेदेखि तीव्र गतिमा सवारीसाधन चलाउने चालकले अनिवार्य रुपमा एक घण्टा ट्राफिक सचेतना कक्षा लिनुपर्ने जानकारी दिएको छ । प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद…