बालिकालाई बलात्कार गरेको आरोपमा किशोर पक्राउ

भक्तपुर, ७ मंसिर । भक्तपुरबाट बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजना किशोरलाई पक्राउ गरेको छ । प्रहरी वृत्त थिमीका अनुसार महोत्तरी बर्दीबास ढुङ्ग्रे घर भएर भक्तपुरको सूर्यविनायक नगरपालिका–१ सिरूटार बिरुवा बस्ने १९ वर्षीय निशान तामाङलाई पक्राउ गरेको हो । उनले ७ वर्षीया बालिकालाई कात्तिक २८ मा दिउँसो आफ्नै कोठामा जबर्जस्ती करणी गरेको आरोप छ ।…