काठमाडौँ, २८ साउन । पछिल्लो १ घण्टामा झापा जिल्लाको अनारमनी बिर्ता वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा मापन भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सो क्षेत्र हुँदै बहने स–साना खोलाहरूमा पानीको बहाव बढ्ने सम्भावना रहेको छ। विभागले तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।