किशोरीको चक्कु प्रहार गरी हत्या

धनगढी, १७ साउन । कैलालीको बर्दगोरिया गाउँपालिकामा एक सेकुवा कर्नरमा कार्यरत १७ वर्षीया किशोरीको चक्कु प्रहार गरी हत्या गरिएको छ । बर्दगोरिया गाउँपालिका–१ स्थित ’राजधानी सेकुवा एण्ड म:म सेन्टर’मा कार्यरत सोही गाउँपालिका–३ की याचना सेजवालको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार, शनिबार बिहान करिब १० बजेतिर…