दाइजोमा मोटरसाइकल नदिएको भन्दै विवाद गर्ने बेहुला पक्राउ

झापा, २४ बैशाख । दाइजोमा मोटरसाइकल नदिएको भन्दै विवाद गर्ने बेहुलालाई प्रहरीले झापाबाट पक्राउ गरेको छ । प्रहरीका अनुसार झापा मेचिनगर नगरपालिका १५ बस्ने पुष्पलाल राजबंशीको छोरीको विवाहमा बेहुला डेविट चौधरीले दाइजोमा मोटरसाइकल नदिएको भन्दै विवाद गरेपछि शुक्रबार प्रहरीले पक्राउ गरेको हो । बेहुलीका बुवा राजबंशीले बेहुलालाई विपक्षी बनाई विवाहमा लेनदेन गर्न नहुने सम्बन्धी कसुरमा जाहेरी…