काठमाडौँ, २५ मंसिर । आज अन्तर्राष्ट्रिय पर्वत दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २००३ मा घोषणा गरेपछि दिगो पर्वतीय विकासको महत्त्वमा जोड दिँदै हरेक ११ डिसेम्बरका दिन यो दिवस मनाउने गरिएको हो । पृथ्वीको कुल भू–भागको ४ प्रतिशत भाग पर्वतयुक्त छ । ४ प्रतिशत भूभागभित्र पृथ्वीको कुल जनसङ्ख्याको १३…