ब्राउनसुगरसहित तीनजना पक्राउ

झापा, ८ असोज । झापाका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित तीनजनालाई पक्राउ गरेको छ । प्रहरीले गएराति अर्जुनधाराबाट दुई र दिउँसो मेचीनगरबाट एक भारतीय नागरिकलाई ब्राउनसुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए । अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका–११, बसपार्कस्थित एक होटेलबाट पाँचथर, फिदिमका…