भारतले एकतर्फी कोशीको पानी छोड्दा गोबरगाढा गाउँ डुबानमा : ९० परिवार सम्पर्कविहीन

सप्तरी, १२ जेठ । भारतले एकतर्फी रुपमा कोशी नदीको धारलाई फर्काएपछि सप्तरीको हनुमाननगर–कंकालिनी नगरपालिका– १३ स्थित गोबरगाढा डुबानमा परेको हो । पूर्वसूचना नदिई भारतीय पक्षले पाइलट च्यानलमार्फत कोशीको पानी छाड्दा सप्तरीको गोबरगाढा गाउँ डुबानमा परेको छ । भारतीय पक्षले कोशी नदीमा बनाएको प्यालट च्यानलमा एक्कासी पानी छोड्दा गोबरगाढा गाउँका ९० परिवार सम्पर्कविहीन भएका छन् ।…