काठमाडौँ, १६ जेठ । हाल नेपालमा चक्रवात यास् पश्चिमउत्तर–पश्चिम सर्ने क्रममा कमजोर भई बनेको न्यून चापीय क्षेत्रको प्रभाव कायमै रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विज्ञानका अनुसार हाल देशका अधिकांश भू–भागमा सामान्य बदली रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका केही स्थान र अन्य प्रदेशहरुका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।…