काठमाडौँ, १५ जेठ । चीनको सिछुवान प्रान्तका दुई संस्थाले नेपाललाई स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् । यस प्रान्तको अन्तर्राष्ट्रिय जनमैत्री सङ्घ तथा छन्तु एआइडीआइ आँखा अस्पतालले एक लाख मास्क र एक हजार पीपीई छन्तुमा रहेकाे नेपाली महावाणिज्यदूत दिनेशकुमार घिमिरेलाई शुक्रवार हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रमा महावाणिज्यदूत घिमिरेले कोभिड-१९ को महामारीविरुद्ध लड्न सहयोग पुग्ने सामग्री उपलब्ध गराएकामा…