पोखरा, १४ जेठ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड आइसोलेसनमा शुक्रबार भर्ना भएर हाइफ्लो अक्सिजन दिएर सुत्केरीको उपचार भइरहेको तनहुँ भानुकी एक सुत्केरी महिलाको मृत्यु भएको छ । अक्सिजनको अभावकै कारण उनको मृत्यु भएको उनको परिवारले बताएका छन । ‘अस्पतालले अक्सिजन आउँदै छ भन्यो, उद्योगले सबैलाई दिएका छौं भनेर दिएनछ,’ सुत्केरीका श्रीमानले भक्कानिँदै भने, ‘आउँछ…