सप्तरी, २७ चैत । सप्तरीमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत शम्भुनाथ नगरपालिका ६ मा स ८ प ७३३० र स ६ प ५२४३ नम्बरको मोटरसाइकल ठोक्किएका थिए । सो दुर्घटनामा स ६ प ५२४३ नम्बरको मोटरसाइकलका चालक खडक नगरपालिका ९ सर्पा बस्ने ३५ वर्षीय अनवर अलीको मृत्यु…