चितवन, २९ चैत । भरतपुर महानगरपालिका–१९ रामपुरमा म्याजिक भ्यान दुर्घटना हुदा दुईजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् । आज बिहान भरतपुरबाट शारदानगरतर्फ जाँदै गरेको ना १ ज ६८५९ नम्बरको म्याजिक भ्यान अनिन्त्रित भएर कल्भर्टको डिलमा ठोक्किएर पल्टिँदा ४५ र ५५ वर्षीय दुईजना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।…