हुम्लामा आगलागीबाट ८ घर जलेर नष्ट

हुम्ला, २ असार । जिल्लाको सर्केगाड गाउँपालिका-३ को उनापानी गाउँमा आगलागी हुदाँ ८ घर जलेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । प्रहरीका अनुसार आगलागीबाट सर्केगाड गाउँपालिका-३ का ३७ का बिर्ख रावत, ४७ वर्षकी बाटुली फडेरा, ४३ वर्षका लाल कुवार फडेरा, ४४ वर्षका पाले फडेरा, ४३ वर्षकी आशा फडेरा, २९ वर्षका बिरजन फडेरा,  ४२ का…