विराटनगर, ४ माघ । ५६ वर्षीया रैबियादेवी सदायले ओछ्यान भएको ठाउँमा साडीले बार लगाएकी छन्। दाउराको ‘मचान’ बनाएकी छन्। त्यसमै पराल ओछ्याएर सुत्छिन्। चिसोका बेला जिउ ढाकेर सुत्ने न्यानो लुगा छैन। राति निद्रा नलाग्दा परालको घुरमा आगो बाल्छिन्। ताप्छिन्। फेरि केही छिन् निदाउँछिन्। उनको घरमा ढोका छैन। शीतलहर र हुस्सु घुस्छ। उनका छिमेकी ६३ वर्षीया बेचनी…