काठमाडौँ, २९ कार्तिक । नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज कुकुरहरुको पूजा गरेर कुकुर तिहार मनाइँदै छ । आजै लक्ष्मी पूजा पनि मनाइँदै छ । हरेकजसो तिहारमा गाईपूजा र लक्ष्मीपूजा एकै दिन पर्ने भए पनि यो वर्ष भने कुकुर तिहारको दिन परेको छ । यस वर्ष चर्तुदशी तिथि बिहान र दिउँसोदेखि औसी छुने भएकाले…