भक्तपुर, २५ कार्तिक । सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले कोरोना विरुद्धको लडाईलाई नगरपालिकाले आउँदा दिनमा पनि जारी राख्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । सो कुरा स्वास्थ्यकर्मीहरुसंग आज नगरपालिकामा आयोजित कार्यक्रममा उहाँले व्यक्त गर्नु भएको हो । नगरपालिकामा आयोजित कार्यक्रममा कोरोनासम्बन्धी नगरपालिकामा हालसम्मको अवस्था र रोकथाम र नियन्त्रणका लागि आगामी दिनमा कस्तो रणनीति बनाएर अघि बढ्ने…