सुदूरपश्चिममा तीनजनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २१ जेठ । सुदूरपश्चिम प्रदेशमा बितेको २४ घण्टामा तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक स्वास्थ्य आपत्‌कालीन कार्य सञ्चालन केन्द्रका अनुसार आज सीमा नाकामा परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको हो ।  कैलालीको गौरीफन्टा नाकामा परीक्षणका क्रममा कोरोना देखिएको केन्द्रले जनाएको छ । भारतमा कोरोना संक्रमण देखिन थालेपछि नेपालका नाकाहरूमा कडाइ गरिएको छ । …