एउटै चितामा जले दम्पती

काठमाडौँ, ३ असार । चन्द्र शमशेरले १९७७ सालमा सती प्रथामा बन्देज लगाएपछि त्यस्ता घटना विरलै सुनिन्थे। तर, सोमबार पर्वतको मोदीवेणी घाटमा भएको घटनाले सती प्रथाकै झल्को दिइरहेको थियो । श्रीमान्– श्रीमती एउटै चितामा जलिरहेका थिए । पहिरोले पुरिँदा ज्यान गुमाएका तुलबहादुर थापा र उनकी श्रीमती मीनकुमारीलाई एउटै चितामा राखेर दाहसंस्कार गरिएको हो । कुश्मा नगरपालिका–३…