काठमाडौँ, ५ जेठ । कोरोनाबाट मृत्यु भएका २ जनामा फरक–फरक लक्षण देखिएको छ । धुलिखेल अस्पतालमा बिहीबार मृत्यु भएकी २९ वर्षीया महिलामा सुख्खा खोकी, श्वासप्रश्वासमा समस्याका साथै निमोनिया देखिएको थियो । यसैगरी, आइतबार बाँकेको नरैनापुरको क्वारेन्टाइनमा मृत्यु भएका २५ वर्षीय युवकलाई करिब दुई घण्टासम्म बान्ता भएको थियो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव…