काठमाडौँ, १४ मंसिर । पाल्पाको तानसेनस्थित टक्सारटोलमा यःमरी महोत्सव मनाइएको छ । तानसेन नगरपालिका र वडा कार्यालयको सहयोगमा मैत्री क्लब टक्सारले नेवारी कला, संस्कृति जोगाउन एक दिने महोत्सव आयोजना गरेको हो । नेवारी परम्पराअनुसार मङ्सिर पूर्णिमाका दिन नयाँ धान भित्र्याएपछि घरभित्र धानको भकारी बनाउने, धानको भकारीलाई विधिवत् रूपमा गशेण, शिवलगायत भगवान्को स्वरूप बनाएर पूजाआजा गर्ने…