काठमाडौँ, २५ पौष । आज राति चन्द्रग्रहण लाग्ने खगोलविद्ले बताएका छन् । राति १० बजेर ५२ मिनेटमा सुरु भएर १२ बजेर ५५ मिनेटमा मध्य हुने र राति २ बजेर ५७ मिनेटमा सकिने नेपाल एस्ट्राेनाेमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिनुभयो । यो चन्द्रग्रहण खग्रास वा खण्डग्रास नभएर ‘पेनम्ब्रल’ चन्द्रग्रहण भएकाे र यो ग्रहणको बेलाका तस्बिरको वैज्ञानिक परीक्षण गर्न…