काठमाडौँ, १४ मंसिर । प्यूठान नगरपालिका २ दाखाक्वाडी बडरपाटा (क) मतदान केन्द्रमा खटिने कर्मचारी सबै महिला छन् । मतदान अधिकृतदेखि सहयोगी र सुरक्षाकर्मीसम्म महिलाले चलाएका छन् । जिल्ला अदालत कार्यालय प्यूठानकी श्रेस्तेदार सीता रेग्मीको नेतृत्वमा १५ जना महिला कर्मचारी मतदान केन्द्रमा खटिएका छन् । जिल्लाका अन्य मतदान केन्द्रमा भने पुरुष कर्मचारीको नेतृत्वमा जनशक्ति परिचालन भएका…