नेपाल टेलिकमको वेबसाइटबाटै आवश्यक नम्बर पाइने

काठमाडौँ, ७ पौष । नेपाल टेलिकमले वेबसाइटबाट नै आवश्यकता बमोजिमको टेलिफोन नम्बर थाहा पाउन सकिने नयाँ सुविधा ल्याएको छ । यसअघि थाहा नभएका टेलिफोन नम्बरहरु १९७ मा फोन गरेर सोध्नुपर्ने व्यवस्था रहेकोमा अब कम्पनीको वेबसाइटबाटै पनि हेर्न सकिने भएको हो । यसका लागि कम्पनीको वेबसाइट www.ntc.net.np/pstn मा लगअन गर्नु पर्नेछ । त्यसपछि त्यहाँ दिइएको टेलिफोन इन्क्वाइरीमा आफूलाई…