ई–पासपोर्ट छपाइको अन्तर्राष्ट्रिय टेन्डर रद्द

काठमाडौँ, ७ मंसिर । ई–पासपोर्ट छपाइको अन्तर्राष्ट्रिय टेन्डर रद्द गरेर जी टू जी (सरकारी तह) प्रक्रियामार्फत फ्रान्सेली कम्पनीबाट राहदानी छपाउन र मेसिन खरिद गर्न भइरहेको प्रयासप्रति सुरक्षण मुद्रण विकास समितिका सदस्यहरूले प्रश्न उठाएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा शुक्रबार बसेको समितिको बैठकका सहभागीले टेन्डर रद्द गरेर बिनाप्रतिस्पर्धा राहदानी छपाउन र सुरक्षा मुद्रण प्रेस ल्याउन…