पहिरोले मध्यपहाडी राजमार्ग अवरुद्ध

काठमाडौँ, २१ असार । पहिरोले मध्यपहाडी राजमार्ग अवरुद्ध भएको छ । माथिबाट आएको पहिरोले सडक पुर्दा राजमार्ग अवरुद्ध भएको हो ।  जाजरकोट छेडागार्ड नगरपालिका–३ दखेरी भिर गिट्टिखोलास्थित सडकमा बिहान ८ : २० बजे पहिरो गएको प्रहरीले जनाएको छ ।  सडक पूर्णरूपमा अवरुद्ध हुँदा सवारीसाधन र यात्रु अलपत्र परेका छन् ।