जनकपुर, ८ कार्तिक । करेन्ट लागेर धनुषामा एक जनाको मृत्यु भएको छ । बिहीबार जनकपुर उपमहानगरपालिका-२१ कर्थाका २३ वर्षीय अनिल पण्डितको आफ्नै घरमा जडान गरेको पानी तान्ने मोटरको स्वीच अन गर्ने क्रममा करेन्ट लागेर घाइते भएका उनको उपचारका क्रममा अञ्चल अस्पताल जनकपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।