रुपन्देही, ६ मंसिर । रुपन्देहीमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । आज बिहान ओमसतिया गाउँपालिका-१ ठुटिपिपलमा लु १ ख ३६६२ नम्बरको बसको ठक्करबाट साइकलमा सवार रहेका सिद्धार्थनगर नगरपालिका-८ शिवमन्दिरका ४२ वर्षीय दिवाश चन्द ठकुरीको मृत्यु भएको हो । ठक्करपछि घाइते भएका ठकुरीलाई अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेको वडा प्रहरी कार्यालय भैरहवाले जनाएको छ ।…