काठमाडौँ, ४ मंसिर । काठमाडौँको बालाजुबाट सुनका बिभिन्न गर गहनाहरु चोरी गरिरहेको अवस्थामा एक जना पक्राउ परेका छन् । कृष्ण प्रसाद फुँयालको घरबाट करिब ३ लाख ८५ हजार मूल्य बराबरको सुनका बिभिन्न गर गहनाहरु चोरी गरिरहेको अवस्थामा सिन्धुलीका २३ वर्षीय कुमार भुजेललाई महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले पक्राऊ गरेको हो । पक्राऊ परेका उनीमाथि…