काठमाडौँ, ३१ भदौ । लुक्लाबाट काठमाडौँ उडेका चार वटा हेलिकप्टर काभ्रेको पाँचखालमा आकस्मिक अवतरण भएका छन् । मौसम खराबका कारण मनाङ्ग एयर, सिम्रिक, कैलाश एयरका ४ वटा हेलिकप्टर पाँचखाल २ जोरपाटी र हर्सेमा आकस्मिक अवतरण गरेका हो । विमानस्थलका महानिर्देशक राजकुमार क्षेत्रीका अनुसार तीन किलोमिटर मात्र भिजिबिलिटी भएकोले सबै उडान तथा अवतरण ठप्प पारिएको हो ।…