काठमाडौँ, २० भदौ । शुक्रबार बिहान काठमाडौँ उपत्यकासहित मध्य र पश्चिमका केही ठाउँमा पानी परिरहेको छ । यस्तै, भारतको ओडिशा र पश्चिम बंगाल आसपासमा न्यूनचापीय रेखा बनेकाले केही ठाउँमा सामान्य र केही ठाउँमा मध्यमदेखि ठूलो पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उपत्यकासहित देशैभर पानी पर्ने क्रम केहीबेरमा रोकिने र दिउँसो घाम लाग्ने सम्भावना…