करेन्ट लागेर आमाछोराको मृत्यु

हेटौंडा, २० असोज । हेटौंडा उपमहानगरपालिका–१७, राजदेवीमा आइतबार करेन्ट लागेर आमाछोराको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५५ बर्षीया लेखमाया पराजुली र उनका २८ बर्षीय छोरा मदन रहेका छन् भने बुहारी घाइते भएकी छन् । विद्युत प्रवाह भइरहेको तार छिनेर बारीमा झर्दा घाँस काट्न गएकी लेखमायालाई करेन्ट लागेको थियो । उनीहरुको उपचारको क्रममा हेटौंडाको…