बाघको आक्रमणमा परी एक महिलाको मृत्यु

बर्दिया, १७ असोज । बर्दियामा बाघको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ । बुधबार दिउँसो बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको स्वर्गद्वारी सामुदायिक वनमा बाख्रा चराउन जाँदा बासगढी नगरपालिका–२ राँझाकी ४२ वर्षीया गंगा सलामी मगरलाई बाघले आक्रामण गर्दा हात र अनुहारमा चोट लागेर गम्भीर घाइते भएकी थिइन् । उनको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा बुधबार साँझ…