काठमाडौं,१६ भदौ। सिंगापुरमा उपचार्थ प्रधानमन्त्री केपी शर्मा ओली बुधवार सातौं चरणको उपचार प्रक्रिया सकिएपछि शुक्रबार स्वदेश फर्किने हुनुभएको छ । नेकपा संसदीय दलका कार्यवाहक नेता सुवास नेम्वाङसँग आइतवार साँझ टेलिफोन बार्ताका क्रममा प्रधानमन्त्री ओलीले सो कुराको जानकारी दिनुभएको हो । नेता नेम्वाङलाई प्रधानमन्त्री ओलीले आफू ठीकठाक रहेको भन्दै कुनै चिन्ता नलिनसमेत आग्रह गर्नुभएको छ ।…