काठमाडौं, ४ भदौ । काठमाडौंको विभिन्न स्थानबाट नक्कली छाप तथा कागजात बनाउने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरी टोलीले नागार्जुन नगरपालिका-८ का ३३ वर्षीय बिनोद बरूवाल र सोही नगरपालिका-५ बस्ने काठमाडौं महानगरपालिका-१५ किमडोल ठेगाना भएकी ३३ वर्षीय रेनु लामालाई पक्राउ गरेको हो ।…