राजनीति

तयारी नपुगेको भन्दै नेकपाको सचिवालय बैठक भोलीसम्मका लागि स्थगित



काठमाडौं भदौ ३ ।सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक गृहकार्य नपुगेको भन्दै स्थगित गरिएको छ । सो बैठक चार गते विहान ११ बजेका लागि बोलाइएको छ । पार्टी एकताको लगभग अधिकाशं काम टुंगोमा लागिसकेको नेकपाको आयोगलाई पूर्णता दिन बाँकी रहेको छ ।

सचिवालय बैठक तयारी नपुगेको भन्दै भोलीसम्मका लागि स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । प्रधानमन्त्री र महासचिवले गृहकार्य नपुगेको भन्नुभएकाले बैठक रोकियो,’ पार्टी प्रवक्ता श्रेष्ठले भन्नुभयो, ‘बैठक भोलि विहान ११ बजे बस्नेछ।