अर्घाखाँची, १९ असार । अर्घाखाँचीमा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । कपिलवस्तुको कृष्णनगरबाट सन्धिखर्क आउँदै गरेको लु १ ज १३२९ नम्बरकाे जीप सुपाखोलामा दुर्घटना भएकाे हाे । मृत्यु हुनेहरुको पहिचान खुल्न बाँकी रहेको छ ।